झापाका स्थानिय बजारमा भाक्का व्यवसाय शुरू - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

झापाका स्थानिय बजारमा भाक्का व्यवसाय शुरू


सुरुङ्गा, १८ कात्तिक :
चिसो शुरू भएसंगै झापाको दक्षिणी क्षेत्रका स्थानिय बजार तथा चौकहरूमा भाक्का व्यवसाय शुरू भएको छ । अधिकांश मानिसहरुले विहानी खाजाको रूपमा मन पराउने भाक्का झापाको दक्षिणी क्षेत्र गौरादह र गौरीगंजको विभिन्न बजार र चौकहरूमा त्यसको व्यवसाय शुरू भएको हो ।

भाक्का बिशेष गरि तराई क्षेत्रमा जाडो महिना सुरु भएपछि बनाइन्छ । भाक्कालाई तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुको पहिचानको रुपमा पनि लिइन्छ । तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुले जाडो लागेपछि भाक्का बनाउने गर्दछन् । तराई क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरुको जाडो महिना लागेपछि भाक्कालाई खाजाको रुपमा खाने गर्दछन । पानीको बाफमा पकाइने भक्का पाक्नसाथ तातै खाँदा स्वादिलो हुने भएकाले जाडोमा पकाइने गरेको हो ।

चौक तथा बजारमा भाक्का पकाउन सुरु भएपछि अधिकांश मानिसहरु खाजाको रुपमा भाक्का खान आउन थालेका छन् । जाडो मौसममा बनाइने भक्काले बिशेष गरि जन- मजदुरलाई फाइदा भएको देखिन्छ । चामलबाट बनाइएको पिठोलाई पानीको बाफमा पकाइन्छ । पिठोमा पानी बाहेक अरु केहीपनि मिसाइन्दैन । केही पनि नमिसाई पकाईने भएकाले सबैले भाक्का खान रुचाउने गर्दछन । भक्कामा चिल्लो पदार्थ, मरमसला केहिपनि नमिसाईने भएकाले स्वास्थ्यका लागी समेत फाईदाजनक मानिन्छ ।

दक्षिणी क्षेत्रका चौक तथा मुख्य बजारहरुमा जाडो महिना लागेपछि बिहान भाक्का पकाउने गरिन्छ भने खानेहरुको पनि भिड लाग्दछ । दक्षिणी क्षेत्रका मुख्य बजारहरु गौरादह, ग्वालडुब्बा, गौरीगंज, दामुनाका साथै अन्य सानातिना बजार तथा चौकहरुमा पनि भक्का पकाई बिक्री गर्ने गरेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.