रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु


देउखुरी, ३० मङ्सिर :
दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि लमही ल्याइँदै गर्दा बाटामै मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.