उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारको निर्देशन - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारको निर्देशन


काठमाडाैँ, ३० मङ्सिर :
उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा मङ्गलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । व्यापारीहरूले भुक्तानी दिनै मानेनन् भने अन्तिम विकल्पको रूपमा पक्राउसमेत गर्न सकिने निर्णय भएको प्रवक्ता बुढाको भनाइ छ ।

गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहभागी हुनुभएको थियो ।

उखुको भुक्तानी नपाएपछि अहिले उखु किसानले काठमाण्डौमा आन्दोलन गरिरहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.