काठमाडौं, २८ मङ्सिर : संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आगामी पुस महिनाको तेस्रो हप्ता भित्र बस्ने गरि संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताउनुभएको छ ।
१४ संघीय संसद सेवा दिवसका अवसरमा संसद भवनमा आयोजित मूल समारोहमा उहाँले बर्तमान व्यवस्था क्रमभंगको परिणामका रुपमा आएको उल्लेख गर्दै संसदलाई परम्परागत नभइ रचनात्मक बनाउनु पर्ने धारणा राख्नुभयो ।
सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीहरुलाई आफ्नो दक्षता देश र जनताको सेवामा अधिकतम प्रयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कानून, न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदको मुख्य काम कानून निर्माण गर्ने भएको बताउँदै कानूनको पूर्णतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले ठूलो संघर्षबाट स्थापित बर्तमान व्यवस्थालाई सुदृढ गर्न संसदलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले निजामती सेवा र संसद सचिवालयमा लामो समय सेवा पुर्याउने कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गर्नुभएको थियो ।
No comments:
Post a Comment