स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१८१ जनाको पीसीआर परीक्षणमा ८३० जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १५०० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३५ हजार ७ सय ३१ जना छन् । नेपालमा निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १६९८ रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जना संक्रमित थपिए ।
No comments:
Post a Comment