कुनैपनि किसिमको सर्वसत्तावाद स्वीकार्य छैन : काँग्रेस नेता केसी - pharaksandesh.com

मुख्य समाचार


Wednesday 16 December 2020

कुनैपनि किसिमको सर्वसत्तावाद स्वीकार्य छैन : काँग्रेस नेता केसी


कास्की, १ पुस :
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले सर्वसत्तावादी प्रवृत्तिलाई अङ्गिकार गरेको दावी गर्दै कांग्रेसलाई त्यस्तो प्रवृत्ति अस्वीकार्य भएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै नेता केसीले पछिल्लो पटक सरकारद्वारा जारी संबैधानिक परिषद् सम्बन्धी अध्यादेश सर्वसत्ताबादी शैलीको नमूना हो भन्नुभयो ।

अध्यादेश जारी हुनुले सरकार शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पारेको भन्नुहुँदै उहाँले काँग्रेसले यसको शशक्त विरोध गर्ने उल्लेख गर्नुभयो ।

उहाँले पाँच वर्ष जनताले काँग्रेसलाई प्रतिपक्षमा रहन मत दिएकाले कुनैपनि अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पार्नुभयो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.