सर्लाही, १ पुस : जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्नपूर्ण तथा ईन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँकाअनुसार सर्लाहीमा उखु किसानले दिएको जाहेरीका आधारमा पक्राउ पूर्जी जारी भएको छ ।
सर्लाही जिल्ला प्रशासन कार्यालयले कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि प्रहरीले किसानको जाहेरी लिएर पक्राउ पूर्जी समेत जारी गरिसकेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले चिनी उद्योगीविरुद्ध मुद्दा दायर गर्ने हिसाबले कारबाही अघि बढाएको बताउनुभयो ।
मंगलबार गृह मन्त्रालयले रौतहट, नवलपरासी र सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई चिनी उद्योगीलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको थियो । गृह, कृषि र उद्योग मन्त्रालयको संयुक्त बैठकले यस्तो निणर्य गरेको थियो । कार्यालयलाई उनीहरुलाई पक्राउ गरी उखु किसानको बक्यौता असुलउपर गर्ने अधिकार छ । अहिले चार उद्योगले उखु किसानको भुक्तानी दिन बाँकी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
बाँकी उद्योगहरुको पनि केही रकम बाँकी भएपनि किसानको खाता नपाएको भन्दै भुक्तानी हुन नसकेको उनीहरुको भनाइ छ । चार मध्ये सबैभन्दा धेरै श्रीराम मिलको बक्यौता छ । अन्नपूणर् सुगर मिलको २६ करोड रुपैयाँ बक्यौता छ । लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ बक्यौता रहेको मन्त्रालयले जानकारी दिएको छ ।
No comments:
Post a Comment