अधिक मदिरा सेवनले स्मृतीको क्षति गराउँन सक्छ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 20 December 2020

अधिक मदिरा सेवनले स्मृतीको क्षति गराउँन सक्छ


अत्याधिक मदिरा सेवनले अन्ततगत्व विभिन्न रुपमा दिमाग र स्मृती क्षमतामा ह्यास ल्याउनेबारे बैज्ञानिकहरुले सचेत गराइसकेका छन् । कहिलेकाहीँ मदिरासेवन गर्दाको समयमा सो रात कसरी ब्यतित भयो भनेर सम्झन नसक्नु सामान्य लागेता पनि यस दिर्घकालमा स्थाइरुपमा सम्झन सक्ने क्षमतालाई पूर्णरुपमा नष्ट गर्न सक्दछ जसलाई डिमेन्सिया पनि भनिन्छ ।

हालै संचालित एक अध्ययनले अधिक मदिरा सेवनकर्ताहरुमध्ये ७८ प्रतिशत मानिसको दिमाग र सम्झने सक्ने क्षमतामा क्षय आएको देखाएको छ जसमध्ये स्मृतीमा अल्पकालको क्षति र दिर्घकालको क्षति प्रमुख रहेको पाइएको छ ।

स्मृतीमा अल्पकालको क्षति
मानिसहरुले अधिकरुपमा मदिराजन्य पदार्थको सेवन गर्दा प्रमुख घटनाहरु नसम्झने अवस्थाको अनुभव गर्दछन् जसलाई चिकित्सकहरुले ब्यालआउट (केहि पनि थाहा नहुनु) भनेका छन्।

यस्तो घटना अन्तर्गत मोटरसाइकलको चाबी कहाँ राखेँ भनेर बिर्सनुजस्ता साना देखि लिएर सम्पूर्ण रात के भयो भनेर सम्झन नसक्ने जटिल अवस्थासम्म पर्न सक्दछन् । डुक विश्वविद्यालयले यस्तो अवस्थालाई अधिक मात्राको मदिरा सेवनको उपज भएको बताएको छ ।

अनुसन्धानकर्ताहरुले मदिराको सेवनले मानिसको दिमागको एउटा भाग (जसलाई हिपोक्याम्पस भनिन्छ)मा रहेका नशाहरुले एकअर्काबाट संकेत आदानप्रदान गर्न नसक्ने अवस्थाको श्रृजना भइ स्मृतीमा अल्पकालको क्षति आउने पत्ता लगाएका छन् ।

हिपोक्याम्पसले मानिसको दिमागले स्मृतीको निर्माण र कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

स्मृतीमा दिर्घकालको क्षति
बैज्ञानिकहरुका अनुसार अधिक मदिराको सेवनले हिपोक्याम्पसलाई सुस्तमात्र गराउँदैन, बरु अन्तत यसलाई पूर्णरुपमा नष्ट गराउँछ । यस्तो क्षतिग्रस्त हिपोक्याम्पसको कारण स्मृतीमा दिर्घकालको क्षति आउने गर्छ ।

यसका अलावा, अधिक मदिरा सेवन गर्ने मानिसमा भिटामिन बि–१ वा थियमाइनको कमी हुने गर्दछ । दिमाग वा मानसिक कोषलाई शक्ति प्रदान गर्नमा थियमाइनको महत्वपूर्ण भूमिका हुने गर्दछ । थियमाइनको कमीले स्मृतीको स्थाइ क्षति वा डिमेन्सिया गराउँदछ ।

यस्तो जटिल अवस्थाको निवारणको लागि अधिक मदिराको सेवन गर्ने ब्यक्तिहरुले मदिरा त्याग गरी पोषणयुक्त आहारमा जोड दिनुपर्दछ ।

बैज्ञानिकहरुका अनुसार बुढ्यौली अवस्थामा रहेका मानिस स्मृतीमा अल्पकालको क्षति र दिर्घकालको क्षतितर्फ थप उन्मुख रहेका हुन्छन् । किनकी मानिसको उमेरमा आएको बृद्धिसँगै उनीहरुको दिमागको मदिराप्रतिको संवेदनशिलता बढ्दै जान्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.