जनता हो बुझौ हाम्रो भोटको अपमान भयो यहाँ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 24 December 2020

जनता हो बुझौ हाम्रो भोटको अपमान भयो यहाँ

गजल
कमला गौतम

जनता हो बुझौ हाम्रो भोटको अपमान भयो यहाँ
दिए दुईतिहाई ,जनता मुर्ख जानाजान भयो यहाँ।

जनताको काम त्यहि हो भोट दिदै लड्न पठाउने
स्वार्थले सरकार ढलाए कुरा कानाकान भयो यहाँ।

गफको धज्जी उडाएर जनता ढाट्ने यि छलहरु र
भातिभातिका दल यो देशमा हानाहान भयो यहाँ। 

महामुर्ख त हामी जनता हौ सधै दास हुदै यिन्को
लोकतन्त्र भने मारे कति हेर उन्कै सान भयो यहाँ। 

खर्च गरे लेखे खै के काम लाग्यो विधानको शास्त्र
चल्नैपर्छ पाँचबर्ष लेखिएको न संविधान भयो यहाँ।

कमला गौतम
काठमाडौँ।।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.