अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत - pharaksandesh.com

मुख्य समाचार


Wednesday 16 December 2020

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत


काठमाडौं, १ पुस :
संवैधानिक परिषद् सम्बन्धी मंगलबार जारी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुनुभएकाे छ । बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको दोस्रो छलफलमा अध्यादेश फिर्ता लिन ओली सहमत हुनुभएको स्राेतले बताएकाे छ ।

स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो । यसअघि आजै बिहान पनि अध्यक्षद्वयबीच छलफल भएको थियो । ओली अध्यादेश फिर्ता लिन सहमत भएसँग दाहाल पनि स‌ंसद्को विशेष अधिवेशन बोलाउने अभियानबाट पछि हट्नुहुने जनाइएकाे छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.