ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 9 December 2020

ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल


काठमाडाैँ, २४ मङ्सिर :
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको आइतबार प्रधानमन्त्रीको अनुपस्थिति विना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि भन्दै सात दिनको समय छुट्याएको छ । सात दिनसम्म नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल गर्ने, सचिवालय बस्ने र ओली र प्रचण्डले पेस गरेका प्रस्तावको बारेमा निष्कर्ष निकाल्न पहल गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.