तलब बढाउने सहमतिपछि निर्माणाधीन अरुण तेस्रोको काम शुरु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 9 December 2020

तलब बढाउने सहमतिपछि निर्माणाधीन अरुण तेस्रोको काम शुरु


काठमाडाैँ, २४ मङ्सिर :
संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुको तलबभत्ता बढाउने सहमति भएपछि बुधबार बिहानदेखि काम शुरु भएको छ ।

तलब बढाउनु पर्ने माग राख्र्दै मजदुरहरुले सोमबारदेखि आन्दोलन गर्दै काम अवरुद्ध गरेपछि मंगलबार राति बसेको छलफलले सहमति गरेको हो । स्थानीय जनप्रतिनिधि, प्रशासन र मजदुरहरुबीच बसेको छलफलले जिल्ल्लामा चलेको दरअनुसार तलबभत्ता दिने, ८ घण्टा माथि काम गर्नेलाई १ दशमलश ५ प्रतिशतले ओभरटाइम दिने, जुनसुकै कामदारलाई काम बिगारेको खण्डमा स्पष्टिकरण सोध्ने र सफाईको एकपटक मौका दिएर मात्रै कामबाट निकाल्ने र महिना मरेपछि तलबभत्ता बैंक खातामा जम्मा गर्ने लगायत बुदाँहरुमा समति भएको हो ।

जिल्ला दररेट अनुसार, दक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्धदक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँ पाउनु पर्ने र ८ घण्टाको डियूटी भए पनि १२ घण्टा सम्म दिन र रातमा काम गरिरहेको हुदाँ कम्पनीले ओभरटाइमको पैसा दिनुपर्ने, मजदुरहरुलाई हरेक महिनाको १५ तारिख भित्र तलबभत्ता बैंक खातामा जम्मा हुनुपर्ने, साप्ताहिक, पाक्षिक र मासिक रुपमा पाउने बिदा दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने र बिना कारण मजदुरहलाई कामबाट निकाल्ने काम बन्द गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेर काम अवरुद्ध पारेका थिए । 

मजदुरहरुको माग अनुसार दुवै पक्षबीच सहमति भएपछि बुधबारबाट काम सञ्चालनमा आएको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताउनुभयो । संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा अरुणतेस्रो बाँधस्थल निर्माणधीन रहेको छ भने चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।

अरुण तेस्रो परियोजनामा कूल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । भने सन् २०२२ भित्र विद्युत् उत्पादन गर्ने जनाइएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.