सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 December 2020

सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल


काठमाडौँ, १ पुस :
पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उहाँहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् ।

अपराह्न १ बजेका लागि तोकिएको बैठक १ः३० बजेसम्म शुरु भएको छैन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिनुभयो । स्थायी कमिटी सदस्य गणेश शाहले बैठक कक्षमा अध्यक्ष दाहाललगायत नेताहरु उपस्थित हुनुभएको र प्रधानमन्त्री उपस्थित भइनसक्नुभएको जानकारी दिनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.