काठमाडौँ , १ पुस : संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपाका स्थायी कमिटीका एक सदस्यकाअनुसार मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर सांसदहरु शीतलनिवास पुगेका हुन् ।
तर, पौने एक बजे नेकपाका सांसदहरु शीतलनिवास पुगे पनि उहाँहरुको निवेदन भने दर्ता भएको छैन । शीतलनिवास पुगेका एक सांसदले राष्ट्रपति कार्यालयका सचिव निवेदन दर्ता गर्न छाडेर त्यहाँबाट निस्केको बताउनुभयाे । उहाँले आफुहरुले उहाँलाई पर्खिरहेको पनि बताउनुभयाे ।
नेकपा सांसद पम्फा भुसाल र भीम रावलसहितको टोली निवेदन लिएर शीतलनिवास पुग्नुभएकाे छ । उहाँहरु सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुग्नुभएकाे हाे । संसदको एक चौथाई सांसदले लिखितरुपमै निवेदन दिए विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
एउटा अधिवेशनदेखि अर्कोको बिचको अवधि ६ महिना भन्दा बढी हुन नपाइने संवैधानिक बाध्यताका कारण पुस १७ सम्म भने अनिवार्यरुपमा संसद बोलाउनुपर्ने अबस्था छ । यस्तो बाध्यात्मक अबस्था भए पनि सरकारले अधिवेशन बोलाउन आलटाल गरेको बरु एकपछि अर्को अध्यादेशको तयारी गरेको आंशकासहित नेकपा सांसदले विशेष अधिवेशनको माग गरेका छन् ।

No comments:
Post a Comment