गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीकै पक्षमा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 24 December 2020

गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीकै पक्षमा


काठमाडाैँ, ९ पुस :
नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिनुभएको बताइएको छ।

उहाँनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, "बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।"

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उहाँ प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएपछि त्यस्तो लेखेको बताउनुभयाे।

प्रचण्ड पक्षमा लाग्नुभएका उहाँले भन्नुभयाे, "अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको छ।"

गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि त्यस्तै हल्ला सुनेको बताउनुभयाे।

उहाँ निकट केसीले भने आफू आज प्रचण्ड नेतृत्वकै बैठकमा सहभागी हुने बताउनुभयाे।

केसीले भन्नुभयाे, "पार्टी एक नहुँदै फुटेकाले साथीहरूका आआफ्नै विरासत छन्, त्यसैले स्वाभाविक रूपमा म पनि त्यसकै पक्षमा छु। म आज प्रचण्ड नेतृत्वको बैठकमा जान्छु।"

थापानिकट नेताहरू स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसक्नुभएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.