आजको राशिफल।। आज वि.सं. २०७७ पुस २ गते बिहीवारको राशिफल - pharaksandesh.com

मुख्य समाचार


Thursday 17 December 2020

आजको राशिफल।। आज वि.सं. २०७७ पुस २ गते बिहीवारको राशिफल

२०७७ पुस २ गते, बिहीवार, १७ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, तृतीया तिथि, उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा बाधा पर्ने देखिन्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्ला। बाध्यात्मक परिस्थितिले सताउन सक्छ। अरूका काममा आफ्नो अमूल्य समय नष्ट हुन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। गुरुजनको सहयोग नजुट्न सक्छ। लक्ष्यअनुसार समयकाे उपयोग गर्न नसकिएला। सन्तान वा अनुयायीको सहयोगले लाभ दिलाउनेछ। नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला। व्याहारिक अलमलले अध्ययनमा बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि मनग्य फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि मिहिनेत गर्दा सफलता प्राप्त हुनेछ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सरसापटमा खर्चनुपर्दा आजको लाभांश सुरक्षित नहुन सक्छ। आम्दानीका स्रोत सबल देखिए पनि अर्थ अभाव हुनेछ। आम्दानी कम भए पनि नयाँ काम गर्ने अवसर जुट्नेछ। केही लगानी परे पनि दिगो फाइदा हुने काममा जग बसाउने अवसर छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.