नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते - pharaksandesh.com

मुख्य समाचार


Wednesday 16 December 2020

नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते


काठमाडौं, १ पुस :
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । 

आजको बैठकले पुस ५ गते अर्को बैठक बस्ने तय गर्नुका साथै पुस ५ गते बस्ने निर्धारण गरिएको केन्द्रीय कमिटिको बैठक पुस १० गते सार्ने सर्वसम्बत निणर्य गरेको छ । सो कुराको जानकारी बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई दिनुभयो ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।

बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.