संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट - pharaksandesh.com

मुख्य समाचार


Wednesday 16 December 2020

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट


काठमाडाैँ, १ पुस  : 
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर भएको छ ।

अधिवक्ता ओम प्रकाश अर्यालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । प्रधानमन्त्रीले ल्याएको अध्यादेश संविधानको मर्म विपरित रहेको अधिवक्ता अर्यालको दावी छ । उहाँकाे निवेदन दर्ताकै क्रममा छ ।

हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको थियो । अध्यादेशको चौतर्फी आलोचना भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.