बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 December 2020

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित


काठमाडाैँ, १ पुस :
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भइ नसक्नुभएकाे स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयाे ।

स्थायी कमिटी बैठक सुरु हुनुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच छलफल भएको हो ।

सरकारले मङ्गलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप बढेको छ । अध्यादेश सम्बन्धमा आफ्नै पार्टीका देखि प्रतिपक्षीलगायतले विरोध गरेका छन् ।

बुधबारकाे स्थायी कमिटी बैठकमा यो विषयले पनि प्रवेश पाउने अनुमान गरिएको छ । अध्यादेश आएपछि प्रचण्डसहित सचिवालयका बहुमत सदस्य असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरि ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

पार्टीभित्र देखिएको अन्तर्विरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.