काठमाडाैँ, २७ मङ्सिर : अमेरिकाको खाद्य तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरूद्दको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।सो विभागका २३ सदस्यीय टोलीले छानविन पश्चात अनुमति दिएको सीएनएनले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागलाइ ’खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो । यसको खोप ९५ प्रतिशत सफल मानिएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ ।
सोमवार वा मंगलवारदेखि खोपको अत्यावश्यक सेवा दिइने कुरा जनाइएको छ । यसले अमेरिकाका कोरोना संक्रमितहरूलाइ राहत दिएको छ ।
No comments:
Post a Comment