चितवन राष्ट्रिय निकुञ्जको चित्तल मारेर खाने ७ जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 December 2020

चितवन राष्ट्रिय निकुञ्जको चित्तल मारेर खाने ७ जना पक्राउ


चितवन, 
१ पुस : चितवन राष्ट्रिय निकुञ्जको चित्तल मारेर खाने ७ जना पक्राउ परेका छन् । हिजो राति ११ बजे चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट उनीहरुले चित्तल मारेका थिए ।

भरतपुर महानगरपालिका २३ घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर खाँदै गरेका उनीहरुलाई निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सेना र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेका हुन् ।

पक्राउ परेका विरुद्ध आवाश्यक कानुनी कारबाही अगाडी बढाइएको निकुञ्जले जानकारी दिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.