रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गिरी निर्वाचित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 December 2020

रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गिरी निर्वाचित


चितवन, १ पुस : 
रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी निर्वाचित हुनुभएको छ । नेकपा प्यानलबाट अध्यक्षको उम्मेदवार रहनुभएका गिरीले कांग्रेस प्यानलका देवेन्द्र कुमार श्रेष्ठलाई ५९ मतले पराजित गर्नुभएको हो ।

हिजो सम्पन्न मतगणनामा गिरीले ६०४ ल्याउँदा उहाँका प्रतिद्धन्दी श्रेष्ठले ५४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य पदाधिकारीमा पनि नेकपा प्यानलको बर्चश्व रहेको छ ।

२१ औं साधारणसभा तथा नवौं अधिवेशनमा भएको निर्वाचनमा १ हजार ३२५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार १९१ मत खसेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.