देशभरका शिवमन्दिरमा बालाचतुर्दशी मनाइँदै - pharaksandesh.com

मुख्य समाचार


Saturday, 12 December 2020

देशभरका शिवमन्दिरमा बालाचतुर्दशी मनाइँदै


काठमाडौं, २७ मङ्सिर :
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि ब्रत बसी शीवालयहरुमा बत्तिबाली जाग्राम बस्ने चलन छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न कोषले अनुरोध गरेको छ ।

आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । यसैगरी देवघाट देवघाट क्षेत्र विकास समितिले पनि यस अवसरमा देवघाट नआउन आग्रह गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.