चिसोले पूर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित - pharaksandesh.com

मुख्य समाचार


Saturday, 12 December 2020

चिसोले पूर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित


काठमाडौं, २७ मङ्सिर :
केही दिन यता मौसममा आएको परिवर्तनसँगै बढेको चिसोका कारण देशका पूर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।

एक्कासी बढेको चिसो र हुस्सुले खासगरी लगायत तराईमा शितलहर शुरु भएको छ । दिनभरि लागिरहेको शीतलहर र चिसोका कारण ग्रामिण क्षेत्रका बालबालिका, वृद्धवद्धा एवम् अशक्त बढी प्रभावित छन् । चिसो बढेपछि तराईका बजार क्षेत्रमा मानिसको चहल पहल पनि घटेको छ। शितलहर सुरु भएपछि तरकारी खेती गर्ने किसानहरुलाई डढुवा रोगको चिन्ताले सताएको छ। चिसो बढेकोले न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान चिकित्सकहरुले सल्लाह दिएका छन् ।

यसैबीच शीतलहरका कारण तराई क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यसवर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउने भएको छ ।

मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसका लागि प्राधिकरणले तराई क्षेत्रमै पुगेर अवस्थाको अध्ययन गर्ने भएको छ । विपदबाट हुने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रम अन्तर्गत जाडो सुरु हुनु अघि नै स्थलगत अध्ययन र अन्तर्क्रियामार्फत सुझाव लिन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजै नै टोली त्यसतर्फ जाने कार्यक्रम छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.