यस्तो छ संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

यस्तो छ संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश


काठमाडाैँ, ३० मङ्सिर :
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत सङ्ख्याको आधारमा बैठक बस्न सक्नेछ ।

यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो । यस्तै प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने उल्लेख रहेकोमा अब बहुमतका आधारमा निर्णय गर्न सकिने उल्लेख छ ।

 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.