फेरि अध्यादेश ! सत्ता स्वार्थको पराकाष्ठा किन ? : जनार्दन शर्मा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

फेरि अध्यादेश ! सत्ता स्वार्थको पराकाष्ठा किन ? : जनार्दन शर्मा

काठमाडाैँ, ३० मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश तत्काल खारेर गर्न माग गर्नुभएको छ ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी भएपछि उहाँले यो अध्यादेश तत्काल खारेर हुनुपर्ने माग गर्नुभएको हो । मङ्गलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बहुमत सदस्यकै उपस्थितिमा पनि बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गर्नुभएको हो ।

शर्माले फेरि अध्यादेश किन ल्याइएकाे भन्दै प्रश्न गर्नुभएकाे छ । उहाँले ट्वीट गर्दै भन्नुभएकाे छ, 'फेरि अध्यादेश ! सत्ता स्वार्थको पराकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन ।'


साथै उहाँले हतास मनस्थितिबाट मुक्त हुन र अध्यादेश फिर्ता गर्न माग गर्नुभएकाे छ । 

नयाँ अध्यादेशलाई लिएर नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डलगायत विभिन्न दलका नेताले तत्काल खारेज गर्न माग गरेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.