बेलायतमा विदेशबाट आउने यात्रुलाई यस्तो छ नियम ! - pharaksandesh.com

मुख्य समाचार


Saturday 12 December 2020

बेलायतमा विदेशबाट आउने यात्रुलाई यस्तो छ नियम !


लन्डन, २७ मङ्सिर :
बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमितलाई लक्षित गरी १४ दिन सेल्फ-आइसोलेसन तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने जनाएको छ ।

वेल्समा यस अघि नै यो नियम लागु गरिएको छ । अब भने संयुक्त अधिराज्य बेलायतका इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ ।

कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो ।

सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिने बेलायती वरिष्ठ चिकित्सा अधिकारीहरूले बताएका छन् ।

सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको विज्ञहरुको भनाई छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.