संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग


काठमाडाैँ, ३० मङ्सिर :
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश तत्काल खारेर गर्न माग गर्नुभएको छ ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी भएपछि उहाँले यो अध्यादेश तत्काल खारेर हुनुपर्ने माग गर्नुभएको हो । मङ्गलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बहुमत सदस्यकै उपस्थितिमा पनि बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गर्नुभएको हो ।

यस्तै अध्यक्ष प्रचण्डले नेकपा स्थायी कमिटी बैठक चलिरहेको बेला पार्टीमा कुनै परामर्श नै नगरि अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि जनाउनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.