काठमाडौँ, १९ पुस : नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जानुहुने भएकाे छ । आइतबार पेरिसडाँडामा बसेको यो समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराउनुभएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताउनुभयाे ।
सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित हुनुहुन्छ । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उहाँलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उहाँको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उहाँ घरमा नै आराम गर्नुभएकाे थियाे ।
प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट यो समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो ।
No comments:
Post a Comment