काठमाडाैँ, २६ पुस : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वासमाथि कुठाराघात गरेको बताउनु भएकाे छ । जसपाले भैरहवामा शनिबार आयोजना गरेको विरोधसभामा ठाकुरले जनताले पाँच वर्षका लागि बनाएको प्रतिनिधिसभा विघटन गरेर ओलीले जनभावनामाथि कुठाराघात गरेको बताउनुभएका हाे।
ठाकुरले कोरोना महामारीका कारण देश थलिएको अवस्थामा जनताको सेवा गर्न छोडेर प्रधानमन्त्रीले देशलाई संकटग्रस्त अवस्थामा पु¥याएको दाबी गर्नुभयाे । ओलीको कदमका कारण संघीय सरकारदेखि प्रदेश सरकारसम्म संकट सिर्जना भएको उहाँले बतानुभयाे ।
पार्टीभित्रको आन्तरिक विवादलाई लिएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक भएको बताउनुभयाे ।
विरोधसभामा जसपा केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादवले कांग्रेस र कम्युनिस्टलाई साथमा लिएर प्रतिनिधिसभा पुनस्र्थापना गराउने दाबी गर्नुभयाे । सबै जनतालाई प्रतिनिधिसभा विघटनको विरुद्ध एक भएर संघर्षमा उत्रन उहाँले आह्वानसमेत गर्नुभयाे ।
No comments:
Post a Comment