प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसले देशभरका वडामा विरोध प्रदर्शन गर्दै - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसले देशभरका वडामा विरोध प्रदर्शन गर्दै


काठमाडाैं, ८ माघ :
प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले आज देशभरका वडाहरुमा बिराेध गर्दैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ ।

आज वडा स्तरीय प्रदर्शन गर्न लागेकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.