एकीकरण मार्ग पदयात्रा आज हनुमानढोका आइपुग्दै - pharaksandesh.com

मुख्य समाचार


Sunday, 10 January 2021

एकीकरण मार्ग पदयात्रा आज हनुमानढोका आइपुग्दै


काठमाडौँ, २६ पुस :
गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार(आज) साँझ हनुमानढोका दरबार आइपुग्दैछ ।नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आज बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासीले आइतबार नै पञ्चैबाजासहित स्वागत गर्ने छन् । उक्त पदयात्रा त्यसपछि मुड्खुगढी र थानागढी हुँदै बालाजु बाइपास–सोह्रखुट्टे–पकनाजोल–नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको निर्देशनालयले जानकारी दिएको छ । 

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गरेपछि शम्शेर दल गणले हनुमान ढोकामा तैनाथ शार्दूलजङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ ।सैनिक कवाज प्रदर्शनसहित दीप तथा ती पाँच प्रथम युनिटका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि हुनेछ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.