प्रचण्डको दम्भका कारण यो परिस्थिति उत्पन्न भयो : परराष्ट्र मन्त्री ज्ञवाली - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 January 2021

प्रचण्डको दम्भका कारण यो परिस्थिति उत्पन्न भयो : परराष्ट्र मन्त्री ज्ञवाली


गुल्मी, ११ माघ :
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डको दम्भ, आवेग र उत्तेजनाका कारण देशमा अस्थीरता उत्पन्न भएको बताउनु भएको छ । 

वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्न खोज्दा खोज्दै पनि आफ्नै पार्टिका नेताहरुले घेराबन्दीमा पारेर पाइला पाइलामा समस्या सिर्जना गर्न खोज्दा देशमा यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुंगा नगर कमिटी गुल्मीले शनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनु भएको हो । जनता प्रति विश्वास नभएका कारण प्रचण्ड पक्षधरहरु गलत बाटोमा हिँड्न खोजेको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त बाटो नहिड्न आग्रह समेत गर्नु भयो ।

‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटो प्रति हो, व्यक्ति प्रति हैन’, मन्त्री ज्ञवालीले भन्नु भयो । 

गलत कुराहरुसँग बारम्बार सम्झौता गर्नु भन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधि सभा विघटन गरि चुनावको घोषणा गरिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी पनि गर्नु भयो । ‘चारजना नेताहरु बन्द कोठामा बसेर लेनदेन गर्ने कुरा लोकतान्त्रिक हुने, त्यही जनताबाट लिएको विश्वासलाई जनताकै बीचमा पुर्‍याउनु कसरी अलोकतान्त्रिक हुन्छ ?’, ज्ञवालीले प्रश्न गर्नु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.