चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन - pharaksandesh.com

मुख्य समाचार


Sunday, 24 January 2021

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन


काठमाडाैँ, ११ माघ :
अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा शनिबार निधन भएको बीबीसीले जनाएको छ ।

उहाँमा कोरोना सङ्क्रमण भएको खबरमा उल्लेख छ । ल्यारी किङले आफ्नो छ दशकको व्यवसायीक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्रपतिहरू सहित हलिउड कलाकारहरू र खेलकुदका प्रतिभाहरूको गरी ५० हजार भन्दा अन्तरवार्ता लिनुभएको थियो ।

ल्यारी किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी हुने कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सबैजसो अन्तरवार्तामा सकरात्मक चर्चा पाउने किङले तीन वर्ष अघि एउटा अन्तरवार्तामा आफू सँधै जवाफ सुन्नेँ, सधैँ सिक्ने र हरेक दिन सिक्दै राम्रो गर्ने गरेका कारण व्यवसायिक सफलता पाएको बताउनुभएको खबरमा उल्लेख छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.