काठमाडाैँ, २५ पुस : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी पूर्वप्रधानन्यायाधीशहरूले अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाउनुभएकाे छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना पूर्वप्रधानन्यायाधीशहरूले देशको संविधान बनाएको नभई जनताको प्रतिनिधिहरूले लेखेको समेत बताउनु भएकाे छ ।
साथै, उहाँले उनीहरूको विभिन्न सार्वजनिक अभिव्यक्तिले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा प्रभावित पार्ने पनि जनाउनुभयाे ।
उहाँले त्यस्ता अभिव्यक्तिमार्फत अदालतको न्यायसम्पादनलाई प्रभावित पारी निहित चाहना मुताबिक फैसला गर्न प्रेरित र बाध्य गर्न दुराशय रहेको आरोप लगाउनुभएकाे छ ।
संवैधानिक इजलासले गरिरहेको सुनुवाइ प्रभावित गर्न पूर्वन्यायाधीशहरूले दिएको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत रहेको ठहर थापाले गर्नुभएकाे छ ।
उहाँले प्रश्न गर्नुभयाे, 'सामाजिक मर्यादा र स्थापित सीमा भत्काउने यस्ता क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमा पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र ?'
No comments:
Post a Comment