साढे ६ करोड रुपैयाँ राजस्व छली गरेको आरोपमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा दायर - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 January 2021

साढे ६ करोड रुपैयाँ राजस्व छली गरेको आरोपमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा दायर


काठमाडाैँ, ५ माघ :
झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

ठाकुरविरुद्ध ६ करोड ५२ लाख १३ हजार रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनले सुलभ ट्रेड कन्सर्नमार्फत वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बिक्री बीजक बनाएर २०६८ सालदेखि २०७५ सालसम्म राजस्व छलेको विभागले जनाएको छ ।

अमिरी ठाकुरले दुई करोड १५ लाख ८८ हजार भ्याट र चार करोड ३६ लाख २५ हजार रुपैयाँ आयकर छलेको विभागले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.