पश्चिमि वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात - pharaksandesh.com

मुख्य समाचार


Monday, 4 January 2021

पश्चिमि वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात


हुम्ला, २० पुस :
पश्चिमि वायुको प्रभावले देशका कतिपय भागमा वर्षा, हिमपात र शीतलहर भइरहेको छ ।

हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपात भएसँगै चिसो ह्वात्तै बढेपछि जनजिवन कष्टकर हुन थालेको छ ।

हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।

आईतबार दिउँसोबाट हिमपात हुँदा कार्तिक महिनामा छरेको जेठासी बाली राम्रो हुने भन्दै किसानहरु भने खुसी देखिएका छन् ।

हिमपातले चिसो बढेसँगै जिल्लाका सरकारी तथा गैहसरकारी कार्यालयमा काम गर्नै समस्या भएको छ । चिसो बढेसँगै कृषक एकतिर बाली राम्रो हुने भन्दै खुसि छन् भने पशु चौपाया चराउन स्थानीय सकस भएको छ । चिसो बढेसँगै सदरमुकाम सिमकोट आसपासका उच्च स्थानमा आगो बालेर ताप्नेको संख्या बढदै गएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.