हुम्ला, २० पुस : तारा एयरको जहाज हिमपात हिमपातले थन्किएको छ । आईतबार हुम्लामा हिमपात भएपछि दुईवटा तारा जहाज सिमकोट विमानस्थलमै थन्किएका छन् ।
तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएर थियो । तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिनुभयो ।
यता तारा एयरका सिमकोट श्रोतका अनुसार मौसम खराब भएपछि जहाज सिमकोटमै रोकिएको जनाएको छ । तारा एयरमा नेपालगञ्ज सुर्खेत, काठमाडौ जाने यात्राहरू जहाज यतै थन्किएपछि सिमकोट रोकिन बाध्य रहेका छन् ।
No comments:
Post a Comment