बिपी प्रतिष्ठान धरानमा एक कोरोना सङ्क्रमितको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 5 January 2021

बिपी प्रतिष्ठान धरानमा एक कोरोना सङ्क्रमितको मृत्यु


धरान, २१ पुस :
सुनसरीको बिपी प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मङ्गलवार बिहान एक जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार उदयपुरको त्रियुगा ११ बस्ने १८ वर्षीय एक जना पुरुषको उपचारको क्रममा आज बिहान साढे ७ बजे मृत्यु भएको हो ।

पुस ११ गते कोरोना पुष्टि भएका उनलाई सोही दिन नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.