भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 January 2021

भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ


काठमाडाैँ, २२ पुस :
एक पुरुषलाई दुबई लगेर बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले काठमाडाैँबाट एक जनालाई पक्राउ गरेको छ ।

३५ वर्षीय एक पुरुषलाई भिजिट भिसामा दुबई लगेर बेच्न खोज्ने काठमाडाैँको चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका जितबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाइफकाइ राहदानी बनाउन लगाएर २०७३ वैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा त्रिभुवन विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा ती पुरुषलाई घरायसी काममा नभइ झुक्याएर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो ।

पक्राउ परेका मङ्गले भनिले भुजेललाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.