पुरुषले महिलाको भेषमा पूजा गर्ने अनौठो मन्दिर - pharaksandesh.com

मुख्य समाचार


Sunday, 10 January 2021

पुरुषले महिलाको भेषमा पूजा गर्ने अनौठो मन्दिर


काठमाडौं, २६ पुस :
मानिसहरुको भगवानप्रति निकै आस्था हुन्छ । आफुले शुरु गरेको कामहरु पुरा होस् भन्दै भगवानको पूजा प्रार्थना गरिने गरिन्छ । 

पिडाबाट मुक्ति पाउन, सुख, शान्ती र समृद्धि पाउन मानिसहरु मन्दिर जान्छन् ।मन्दिरमा भगवानसँग आर्शिवाद लिन भक्तजनहरुको भीड लाग्ने गर्छ । 

विश्वमा रहेका धेरै मन्दिरहरुमा ठाउँ अनुसार फरक नियम पनि हुन्छ । सनातन धर्ममा कुनै पनि धार्मिक कार्य गर्दा पुरुषहरुले धोती धारण गर्छन् भने महिलाहरुले सारी धारण गर्ने गर्छन् । 

विश्वमा यस्तो अनौठो मन्दिर पनि छ जहाँ पुरुष महिलाहरुको सारी लगाएर पूजा गर्ने गर्छन् । यो अनौठो मन्दि हाम्रै छिमेकी देश भारतमा रहेको छ । 

भारतको केरलस्थित कोल्लम शहरमा रहेको कोटंकुलंगारा श्री देवी मन्दिरमा अनौठो नियम छ । यस मन्दिरमा हरेक वर्ष चाम्याविलक्कू उत्सव मनाइने गरिन्छ । 

उक्त उत्सवमा ४ हजारदेखि ५ हजार पुरुषहरु मन्दिरमा महिलाको भेषमा पूजा गर्ने गर्छन् । पूजा गर्दा सबै पुरुषले जागिर र स्वास्थ्यको कामना गर्ने गर्छन् । लामो बर्षदेखी चल्दै आइरहेको यो मान्यता निकै चर्चित पनि छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.