काठमाडौं । हामीले प्राय विहान उठने वित्तिकै हात मुख धोएपछि चिया खाने गर्छौं । चिसो मौसममा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अदुवाको चियाले पेटको समस्या हटाउनुका साथै तनाव पनि कम गराउँछ । अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ । यो हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी छ ।
अदुवाको चिया खाँदाका फाइदा :
– पाचन प्रक्रियामा सुधार ल्याउँछ। शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।
– यात्रामा जानुभन्दा अघि अदुवाकाे चिया खाँदा बान्ता हुनबाट बचाउँछ।
– शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउँछ ।
– रक्तसञ्चारमा सहयोग पुर्याउँछ। रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।
– महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
– अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
– हड्डी र बाथरोगका बिरामीका लागि फाइदा पुर्याउँछ।
– क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
– दैनिक अदुवा चिया पिउँदा तनाव कम हुन्छ । यसले शरीरलाई ऊर्जा दिन्छ ।
– श्वासप्रश्वासको समस्याका लागि पनि अदुवाको चिया उपयोगी मानिन्छ।
– यसले एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ र शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।
– रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ।

No comments:
Post a Comment