२०६९ मा ३ बर्षे स्नातक तह भर्ना भई पास गर्न नसकेका लागि अन्तिम पटक मौका - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 June 2019

२०६९ मा ३ बर्षे स्नातक तह भर्ना भई पास गर्न नसकेका लागि अन्तिम पटक मौका

काठमाडौँ, ३ असार : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ बर्षे स्नातक तहमा २०६९ पछि भर्ना भएका वा २०७० सालमा पहिलो बर्षको परीक्षा दिएका तर पास हुन नसकिरहेकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।

आज एक सूचना निकाल्दै वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरूसँगै यो परीक्षाको ब्यवस्था गरेको हो ।
यो सूचनामा पूरा विवरण हेर्नुहोस् ।
परीक्षा फारम मिति २०७६ साल असार ३ गते देखि साउन १ गते सम्ममा र दोव्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र (२०७६ साउन ८ गते सम्म) परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

यसैगरी वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पस–कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल असार ३ गते देखि साउन १ गते सम्ममा र दोव्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र (२०७६ साउन ८ गते सम्म) परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.