विश्वकप क्रिकेट, इङल्यान्ड बलियो स्थितिमा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 June 2019

विश्वकप क्रिकेट, इङल्यान्ड बलियो स्थितिमा

म्यान्चेस्टर, ३ असार : इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार इङल्यान्ड र अफगानिस्तानबीचको खेलमा इङल्यान्ड बलियो स्थितिमा पुगेको छ ।

टस जिती पहिले ब्याटिङ रोजेको इङल्यान्डले पहिलो इनिङमा ६ विकेटको क्षतिमा ३९७ रनको विशाल स्कोर बनाएको छ । इओन मोर्गनले धुँवाधार ब्याटिङ गर्दै ७१ बलमा १४८ रन बनाएका थिए । उनले आफ्नो इनिङमा १७ वटा छक्का र चार वटा चौका प्रहार गरेका थिए ।

इङल्यान्डका लागि जो रुटले ८८ तथा जोनी बेरिस्टोले ९० रन बनाएर आउट भएका थिए । 

अफगानिस्तानका तर्फबाट गुल्बदिन नाइब र दलत जाड्रानले तीनतीन विकेट लिएका थिए । 

विश्वकपको यस संस्करणमा अफगानिस्तानले यसअघि खेलको चारवटा खेलमध्ये कुनै पनि जित्न सकेको छैन । अफगानिस्तान यसअघि अस्ट्रेलिया, श्रीलंका, न्यूजील्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ ।(रासस/एएफपी) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.