प्रतिष्ठानको एमबिबिएसको प्रवेश परीक्षा स्थगित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 June 2019

प्रतिष्ठानको एमबिबिएसको प्रवेश परीक्षा स्थगित

धरान, ४ असार : यही असार ७ गते संचालन गर्ने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको छ । 

चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष एवं शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले छलफल गरेपछि प्रवेश परीक्षा स्थगित गरेको हो । 

मन्त्री पोखरेलले कक्षा १२(प्ल टु) परीक्षाको रिजल्ट आउनु अघि नै प्रतिष्ठानले परीक्षा लिदा नेपाली विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी हुनबाट बञ्चित हुने भन्दै चासो व्यक्त गरेका थिए । मन्त्री पोखरेलसँगको छलफल पछि नेपाली विद्यार्थीहरुलाई प्रवेश परीक्षाबाट बञ्चित हुन नदिन प्रतिष्ठानले परीक्षा स्थगित गरिएको उपकुलपति डा.रौनियारले बताए । ‘अर्को सुचना नआएसम्मलाई परीक्षा स्थगित गरिएको छ, प्लस टुको रिजल्ट आएपछि मिति तोकिन्छ,’उनले भने ।

संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो ।

तर स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गतेनै सूचारु हुने उनले बताए । एमडी/एमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको भने ७ गते शनिवार नियमित हुने छ । प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो ।





No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.