पार्टी नेता र पत्रकारहरूसँग राहुलको जन्मोत्सव - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 June 2019

पार्टी नेता र पत्रकारहरूसँग राहुलको जन्मोत्सव

नयाँ दिल्ली, ४ असार :  भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो जन्मोत्सव पार्टीका नेता तथा पत्रकारहरूसँग मनाउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा उहाँले बुधबार ४९ वर्ष लागेको उपलक्ष्यमा आयोजना गर्नुभएको भेटघाट कार्यक्रममा नेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो । 

उहाँले पत्रकार र नेताहरूलाई मिष्ठान्न ग्रहण गर्न आग्रह पनि गर्नुभएको थियो ।

काँग्रेसका वरिष्ठ नेता प्रमोद तिवारीले गान्धीलाई भेटेर फेरी पार्टीलाई सशक्त रूपमा अगाडि बढाउन आफूले शुभकामना दिएको बताउनुभयो ।(रासस/एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.