प्रदेश ५ मा शेयर बजार विस्तार गर्न खुल्यो लगानीकर्ता फोरम - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 June 2019

प्रदेश ५ मा शेयर बजार विस्तार गर्न खुल्यो लगानीकर्ता फोरम

काठमाडौँ, ४ असार : प्रदेश ५  मा शेयर बजार विस्तार गर्न पहिलो लगानीकर्ता फोरम खुलेको छ।  आज एक विज्ञप्ति  जारी गर्दै शेयर बजारको समस्या समाधान गर्न पनि एकिकृत हुनु पर्ने भएकोले फोरम गठन गर्नुपरेको स्पष्ट पारेको छ। 

फोरमद्वारा जारी प्रेस विज्ञप्तिमा मा भनिएको छ, "ब्रोकर लाईसेन्स राजधानी केन्द्रित मात्रै छ, पुँजीबजार विस्तार गर्न प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्छ।"

त्यस्तै बैंकले छिटो भन्दा छिटो सहायक कम्पनी मार्फत शेयर कारोवार गर्न पाउनु पर्ने माग पनि फोरमले राखेको छ। 

प्रदेश ५ का लगानीकर्ताका समस्या लिएर छिट्टै काठमाडौँ आउने जानकारी पनि प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ।

प्रदेश ५ शेयर लगानीकर्ता फोरम कमल तिवारीको अध्यक्षतामा खुलेको राजधानी बाहिरको पहिलो लगानीकर्ता फोरम हो।
हेर्नुहोस् प्रेस विज्ञप्ति :

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.