बालयौन दुराचारको आरोपमा अष्ट्रेलियाली पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

बालयौन दुराचारको आरोपमा अष्ट्रेलियाली पक्राउ

काठमाडौँ, ७ साउन : बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०ले आज अष्ट्रेलियालीलाई पक्राउ गरेको छ । 

विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै छ भन्ने सूचनाका आधारमा कास्की प्रहरीको सहयोगमा खटिएको सिआइवीको टोलीले पोखराको डिहीबाट उनलाई पक्राउ गरिएको प्रवक्ता दीपक रेग्मीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा ६३ वर्षीय बेरिम्यान थोमस अल्फ्रेड रहेका छन् । उनले कोठा भाडामा लिएर बालयौन दुराचार गरेको अनुसन्धानमा खुलेको र सोही कोठाबाट आज पनि दुई बालकको उद्धार गरिएको सिआइवीले जनाएको छ ।

उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन ९जबरजस्ती करणी० कसुरअन्तर्गतको मुद्दामा आजै कास्की जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.