नेपाली कांग्रेस र राजपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

नेपाली कांग्रेस र राजपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २४ असार : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार १ बजेसम्मका लागि सारिएको छ । 

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दे कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दे रोष्ट्रम घेरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, 'आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जनकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.