नेपाल आइडलका सुमितको ‘समाचार’ सार्वजनिक (भिडियोसहित) - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

नेपाल आइडलका सुमितको ‘समाचार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २४ असार : नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठक आफ्नो पहिलो गीत ‘समाचार’ लिएर आएका छन् ।

नेपाल आइडलमा सहभागी भएपछि उनले गाएको यो पहिलो गीत हो । काली प्रसाद बास्कोटाको शब्द सङ्गीत रहेको गीतको भिडियो बिहीबार जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा शिक्षा सङ्ग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ । भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् ।

यस अघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । जी २१ आफैमा एउटा स्टाब्लिस्ड कम्पनी रहेको र आफूलाई राम्रो गाइडेन्स मिल्ने, यसबाट अझै राम्रो काम गर्न सहज हुने भएकाले आफू आबद्ध भएको सुमितले बताएका छन् ।

साथमा जी २१ ले पनि राम्रो कलाकारलाई बाहिर ल्याउन साथ दिनुपर्ने र आगामी दिनमा पनि यसै गरी साथ र सहयोग गर्ने लक्षका साथ सुमितसँग सहकार्य गरेको जानकारी दिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.